१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


सिन्धुलीका हाट बजारमा दशैंका लागि खसी–बोका


936
Shares

सिन्धुली । सिन्धुलीका विभिन्न हाट बजारहरुमा यस वर्षको दशैंका लागि खसी–बोकाहरुको बिक्री वितरणको बजार सुरू भएको छ ।

सिन्धुलीमाडीको शनिबारे हाट, भिमान बजारको शुक्रबारे हाट, डकाहा, दुधौली लगायतका हाट बजारहरुमा खसी–बोका बजार सुरू भएको हो ।

दशैं मेलामा वली चढाउनका लागि खसी–बोका अत्याधिक बिक्री हुने गरेको छ । जिल्लाका स्थानीय हाट बजारहरुमा जिउँदो खसी–बोकाको मुल्य प्रतिकेजी ७ सयदेखि ८ सय रूपैयाँसम्म बिक्री वितरण हुँदै आएको छ ।

पछिल्लो समय सिन्धुलीका किसानहरुले व्यावसायिक रूपमा पालेका खसी बोकाहरु स्थानीय हाट बजारहरुमा बिक्री वितरण गरेर दशैं खर्च जुटाउन थालेका छन् ।

सदरमुकाम सिन्धुलीमाडी आसपास तथा महाभारत र चुरे भावर क्षेत्रमा बसोवास गर्ने स्थानीय पशुपालक किसानहरुले बाख्रा पालन गरी खसी बोकाको उत्पादन गरी बिक्री वितरण गर्दै आएका छन् ।

सिन्धुलीका हाट बजारहरुबाट दशैका लागि खसी–बोकाहरु काठमाडौं, पोखरा, बनेपा, धुलिखेल लगायतका क्षेत्रहरुमा निर्यात गरिने गरिएको छ ।