७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


अध्यक्ष आरके मानन्धरद्वारा ज्ञानकाजी मानन्धर पुस्तककाे लोकार्पण


247
Shares

काभ्रे । ईमेज मिडिया ग्रुपका अध्यक्ष आरके मानन्धरले शिक्षा, संस्कृति र साहित्यको क्षेत्रमा ज्ञानकाजी मानन्धरले पुर्याउनुभएको योगदान अतुलनीय रहेको बताउनुभएको छ ।

शनिबार काभ्रेको पनौतीमा आयोजित एक समारोहकाबीच ज्ञानकाजीको योगदानकाे बारेमा समेटेर तयार पारिएको ‘ज्ञानकाजी मानन्धर’ नामक पुस्तक लोकार्पण गर्दै उहाँले यस्तो बताउनुभएको हो । हरेक क्षेत्रमा पात्र महत्वपूर्ण हुने बताउँदै अध्यक्ष मानन्धरले संस्कृति, साहित्य र शिक्षा जन्माउन ज्ञानकाजीको योगदान उल्लेखनीय रहेको बताउनुभयो ।

त्यस्तै ज्ञानकाजीले जीवन अरुको लागि हुनुपर्ने उहाँले बताउनुभएको छ । सूर्यको उदाहरण दिदै उहाँले सूर्यको ज्योति पनि त सूर्यको लागि नभएको बताउनुभयो । पनौती जस्तो पवित्र भूमिमा आफ्नो पुस्तक लोकार्पण भएको भन्दै उहाँले खुशी समेत व्यक्त गर्नुभयो ।

पुस्तक प्रकाशन अक्षरमार्ग साहित्यिक पत्रिकाका प्रकाशक सम्पादक सूर्यप्रसाद लाकोजुले गर्नुभएको हो । मानन्धर काभ्रे जिल्लासहित देशकै गौरव भएको उहाँको भनाइ थियो । कार्यक्रममा वरिष्ठ साहित्यकार मोहन दुवाल, इमेज च्यानलका व्यवस्थापक रघुभक्त मानन्धर, समालोचक डा. श्याम भट्टराई र चिन्तक समाजसेवी मधुप्रसाद आचार्य लगायतको उपस्थिति रहेको थियो ।

विं.सं. १९९१ पौषमा बनेपामा जन्मनुभएका ज्ञानकाजी मानन्धरले ज्ञान लिने र दिने काममा आफूलाई स्थापित गराउनुभएको थियाे। मानन्धरका कृतिहरु नेपाल भाषा, नेपाली भाषा र अंग्रेजी भाषामा समेत प्रकाशित भएका छन् । त्यस्तै उहाँका कृतिलाई रुसी भाषामा समेत अनुवाद गरिएको छ ।

कुमारी पूर्णाङकी नाटक, अरनिकोया, श्वेत चैत्य र कपिलवस्तु नेपाल भाषामा प्रकाशित कृति हुन् । कुमारी नामक कृति रसियन भाषामा समेत अनुवाद गरिएको छ । अरनिकोया श्वेत चैत्य नेपालीमा अनुवाद गरिएको छ । त्यस्तै बनेपा–स्तवन, बनेपा सात गाउँ, नेपाल आख्यान र नाटक नेपाली भाषामा प्रकाशिच चर्चित कृति हुन् ।

नेपाल लेजेण्ड एण्ड ड्रामा, द लेजेण्डस अफ नेपाल उहाँका अंग्रेजी कृति रहेकाे छन् ।