११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


बाटो बढाउने नाममा घर भत्काउनु हुँदैनः मन्त्री श्रेष्ठ


403
Shares

काठमाडाैं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले काठमाडौं जस्तो सांस्कृतिक शहरमा विकासको नाममा संरचना भत्काउने काम गर्नुनहुने बताउनुभएको छ ।

काठमाडाैंमा आइतबार विश्वेश्वर महादेव मन्दिर पुनःनिर्माण कार्यको थालनी एवं हनुमान ढोका नामक पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले काठमाडौं उपत्यका पर्यटकीय दृष्टिकोणले अत्याधिक महत्वपूर्ण रहेको भन्दै बाटो फराकिलो गर्ने नाममा घर भत्काउन नहुने बताउनुभयो । उहाँले पहिलाका भौतिक संरचनाहरुको संरक्षण गर्नसके मात्रै सम्पदाको महत्व रहने भन्दै उहाँले काठमाडौंलाई पर्यटकीय नगरी बनाउनुपर्ने बताउनुभयो ।

मन्त्री श्रेष्ठले पर्यटन क्षेत्रलाई दिगो बनाउन मन्त्रालयले पर्यटन दशक घोषणा गरेको र अब क्रमशः देशको पर्यटनको काममा मन्त्रालय लागि पर्ने प्रतिवद्धता बताउनुभयो । पर्यटनबाट नै देशमा रोजगारी र आर्थिक जीकोपार्जन हुने भन्दै पर्यटन क्षेत्रलाई थप व्यवस्थित गर्नुपर्ने उहाँले जोड दिनुभएकाे छ ।

मन्त्री श्रेष्ठले अहिलेको समाज आधुनिकताको नाम पुराना संस्कृतिलाई भुल्दै जान थालेको बताउनुभयो । उहाँले मन्त्रालयले पुरानै शैलीमा संरचनाहरुको स्थापना गर्ने योजना बनाएको बताउनुभयो । उहाँले पर्यटकीय संरचना निर्माणसँगै काठमाडौं उपत्यकालाई नै कसरी पर्यटकीय क्षेत्र बनाउने भन्ने बारेमा पनि मन्त्रालयले कयोजनावद्ध रुपमा काम गरिरहेको बताउनुभयो । उहाँले पर्यटकीय क्षेत्रमा पर्यटकीय वातावरण बनाउने योजना बनाएर हघि बढ्न नसक्दा पर्यटकहरुलाई भित्र्याउन नसकेको बताउनुभयो ।

हनुमान ढोकादेखि स्वयम्भुसम्म २.२ किलोमिटरको सम्पदा मार्ग निर्माण हुँदैछ । पर्यटकहरुलाई शान्तिपूर्ण रुपमा अवलोकन गराउने उद्देश्यले यो सम्पदामार्ग निर्माण गर्न लागिएको पनि मन्त्री श्रेष्ठले बताउनुभयो । यो सम्पदा मार्गमा ट्रेल सञ्चालन हुने र सांस्कृतिक सम्पदा झल्काउने, जन्मदेखि मृत्युसम्मका संस्कार हेर्न सकिने उल्लेख गर्नुभयो ।

उहाँले पुराना सीप, शैली, पेशा, व्यवसायलाई पुनः स्थापित गरी कसरी रोजगारी सिर्जना गर्ने भन्नेबारेमा सोच्न जरुरी रहेको बताउनुभयो । काठमाडौंका पर्यटकीय स्थानको भ्रमणका लागि पर्यटकहरुलाई घुमाउन ४० जना जनशक्ति सञ्चालन गरेको बताउनुभयो । मन्त्री श्रेष्ठले पर्यटकहरुले शान्तिपूर्ण रुपमा यात्रा गर्न नपाएको गुनासो गरिरहेको समेत बताउनुभयाे ।

उहाँले यो सम्पदा मार्गमा सम्भव भएसम्म मोटरसाइकल, अन्य सवारी चल्न नदिने गरी निर्माणको व्यवस्था गरेको बताउनुभयो ।