
web pic
काठमाडौं । काठमाडौंको बसुन्धरामा ट्याक्सीको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
काठमाडौं महानगरपालिका–३ बसुन्धरामा बा२ज ११९२ नं को ट्याक्सीले बा ९१ प ५४०३ नं को स्कुटरलाई ठक्कर दिँदा गोरखा बारपाक सुलिकोट गाउँपालिका–३ का ३१ वर्षीय राजु गुरुङको मृत्यु भएको हो ।
शनिबार रातिको घटनामा गम्भीर घाइते गुरुङको उपचारका क्रममा आइतबार बिहान त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
घटनामा मृत्यु भएका गुरुङ प्रहरी प्रभाग तिलिङ्गाटारमा प्रहरी कार्यालय सहयोगीका रुपमा कार्यरत थिए । घटनामा संलग्न ट्याक्सी चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्