३ चैत्र २०८१, आइतबार | Sun Mar 16 2025


शेयर बजारमा २३ अंकको गिरावट


0
Shares

काठमाडौं । साताको सुरुको दिन शेयर बजार दोहोरो अंकले ओरालो लाग्यो ।

उतार चढावबीच बजार परिसूचक नेप्से २३ अंकले झरेर १८ सय १५ मा आएर थामियो ।

कारोबार अर्ब माथि रह्यो । सबै समूह राताम्मे रहँदा जीवन बीमा समूह सबैभन्दा उच्च ६३ अंकले ओरालो लागे ।

निर्जीबन बीमा समूह पनि ६० अंक बराबरले झर्यो । जलविद्युत र लघुवित्त समूह ५० अंक बढीले ओरालो लागे । अरु पनि अधिकांश समूह दोहोरो अंकले घटे ।

यस दिन नेपाल स्टक एक्सचेन्जमा २ सय २८ कम्पनीको जम्मा ४० लाख कित्ता शेयर १ अर्ब ७ करोडमा किनबेच भएको एक्सचेन्जले जनाएको छ । यस दिन १ सय ७४ कम्पनीको मूल्य घट्दा जम्मा १२ को बढेको पनि नेप्सेले जनाएको छ ।

घटेको बजारमा पनि अभियान लघुवित्तका लगानीकर्ताले भने उच्च १० प्रतिशत कमाए ।