
काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले गीत, संगीत तथा साहित्यका विविध माध्यमबाट देशको संस्कृतिलाई स्थापित गर्न आवश्यक रहेको बताउनुभएको छ ।
आइतबार एएमएस नेशनल होनर एण्ड अवार्ड २०७९ लाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले देश बहुजातीय, बहुधार्मिक, बहुभाषिक र बहुसांस्कृतिक एवं प्राकृतिक विविधताले भरिपूर्ण र भाषा, साहित्य कला र संस्कृतिले समृद्ध रहेको उल्लेख गर्दै सांस्कृतिक माध्यमबाट विश्वमा नेपालको पहिचान दिनसक्नुपर्ने बताउनुभयो ।
उहाँले मानिस भाषा, संस्कृति र संस्कारबाट अलग हुन नसक्ने भन्दै देशको पहिचान जोगाइराख्न, राष्ट्रिय एकतालाई सुदृढ गर्न, देश भक्तिभावले नागरिकलाई ओतप्रोत बनाइराख्न, तथा भोलिका सन्ततीहरुलाई सहजतापूर्वक हस्तान्तरण गर्न भाषा, संस्कार, संस्कृतिको संरक्षण र संवद्र्धन अनिवार्य रहेको उल्लेख गर्नुभयो ।
उपराष्ट्रपति पुनले देश बहुजातीय, बहुधार्मिक, बहुभाषिक र बहु सांस्कृतिक एवं प्राकृतिक विविधताले भरिपूर्ण रहेकाले यसको संरक्षणमा जोड दिनुपर्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्