१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


धनकुटामा राजनीतिक दलको होडबाजी


143
Shares

धनकुटा । मंसिर ४ गते हुने संघी र प्रतिनिधिसभाको निर्वाचनलाई लक्षित गरेर धनकुटाका राजनीतिक दलहरुले आफूले गरेका कामहरुको विवरण सार्वजनिक गर्न थालेका छन् ।

दलहरुले पार्टी र आफ्ना नेताले ५ वर्षको अवधिमा धनकुटाको विकासका लागि गरेका कामहरुको विवरण सार्वजनिक गर्न थालेका हुन् । धनकुटाबाट प्रतिनिधि सभाका लागि आकांक्षी नेताहरुले पत्रकार सम्मेन गर्दै जिल्लामा आफू र आफ्नो पार्टीको पहलमा विभिन्न आयोजनाको काम भएको भन्दै जस लिने क्रम समेत बढ्दै गएकाे छ ।

साथै निर्वाचनलाई लक्षित गरेर दलहरुले अन्य कार्यक्रम समेत सुरु गरेका छन् । धनकुटामा नेपाली कांग्रेस, नेकपा एमाले र जनता समाजवादी पार्टी लगायतका राजनीतिक दलहरु निर्वाचन लक्षित कार्यक्रमहरु गरिरहेका छन् ।

यता आफ्नो पार्टीका नेताले टिकट नपाउने भएपछि माओवादी केन्द्रका नेताहरुले भने आइतबार सामूहिक रुपमा राजीनामा समेत दिएका छन् ।