२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


विद्यार्थीलाई ओपीडी सेवामा ५० प्रतिशत छुट


143
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियूले सरकारसँग विद्यार्थीहरुलाई ओपीडी सेवामा ५० प्रतिशत छुट गर्ने सहमति भएको बताएको छ ।

सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी स्वास्थ्य मन्त्रालय अन्तर्गतका संघीय अस्पतालमा उपचार गर्न जाने विद्यार्थीलाई परिचय पत्रको आधारमा ओपिडी शुल्कमा ५० प्रतिशत सहुलियत दिने निर्णय भएको जानकारी दिइएको छ ।

यसरी सहुलियत दिने अस्पतालमा कान्ति बाल अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग, परोपकार प्रसुति तथा स्त्री रोग, आयुर्वेद चिकित्सालयलगायतका देशभरका २७ वटा अस्पताल छन् ।