
काभ्रे । काभ्रेमा कात्तिक २ देखि ५ गतेसम्म प्रथम काभ्रे जिल्लाव्यापी अन्तर पालिका स्तरीय भलिबल प्रतियोगिता आयोजना गरिने भएको छ ।
पनौती नगरपालिका वडा नम्बर २ को आयोजना तथा कुशादेवी युवा क्लव, लप्सेटार युवा समुह तथा वडा कार्यालय र नगरपालिकासँगको सहकार्यका प्रतियोगिता आयोजना गरिएको पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको छ ।
प्रतियोगिता सञ्चालनका लागि पनौती नगरपालिका वडा नम्बर १ र ३ का वडा अध्यक्ष पदेन सदस्य रहनेगरी पनौती नगरपपालिका वडा नम्बर २ का वडा अध्यक्ष पुरुषोत्तम अधिकारीको संयोजकत्वमा १५ सदस्यीय मुल आयोजक समिति बनाइएको छ ।
प्रतियोगिता अन्तर्गतका सम्पुर्ण खेलहरु वडा नम्बर २ को धाराचौरमा खेलाइनेछ । एउटा पालिकाबाट बढीमा दुई टिम मात्रै सहभागी हुन पाउने छन् । सहभागी हुन इच्छुकले यहि असोज २५ गतेसम्म टिम दर्ता गराइसक्नुपर्ने कुशादेवी युवा क्लवका अध्यक्ष दिपेश घिमिरेले जानकारी दिनुभयो ।
टिम दर्ताका लागि ३ हजार ५ सय रुपैयाँ शुल्क तोकिएको छ । प्रतियोगितामा प्रथम हुने टिमले ५५ हजार ५ सय ५५ रुपैयाँ, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ ।
यस्तै, दोस्रो हुनेले ३० हजार र सान्त्वना पुरस्कार २ टिमले १०÷१० हजार रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै व्यक्तिगत विधामा सर्वोत्कृष्ट खेलाडीलाई नगद पुरस्कार सहित प्रमाणपत्रको व्यवस्था गरिएको छ । १ टिममा १० जना खेलाडी, १ जना प्रशिक्षक र १ जना टिम व्यवस्थापक रहने छन् ।
प्रतिक्रिया दिनुहोस्