
ओखलढुंगा । नेपालीहरुकाे महान पर्व दशैं र तिहार नजिकिएसँगै ओखलढुंगाका स्थानीय हाट बजारमा खसी किन्ने ग्राहकको भीड लागेको छ ।
रोजीरोजी खसी र बोका किन्न पाइने भएपछि यहाँका हाट बजारमा ग्राहकको चहलपहल बढेको हो । गाउँमा खसी र बोकाको उत्पादन बढेपछि त्यसको प्रभाव स्थानीय हाट बजारमा समेत देखिएको छ ।
अघिल्ला वर्षहरुमा दशैंको बेला खसी र बोका अभाव हुने भएपनि यस वर्ष ठूलो मात्रामा खसी र बोका स्थानीय बजारमा किनबेच भइरहेको छ । गाउँमा पुगेर खसीबोका खरिद गर्न झन्झटिलो भएकाले ग्राहकहरु यहाँका स्थानीय हाट बजारमै झुम्मिने गर्छन् ।
यहाँ उत्पादित खरी र जमुनापारी जातका खसी र बोका व्यापारीहरुले संकलन गरेर काठमाडौं र तराईका जिल्लामा समेत लैजाने गर्छन् । जिल्लामा ८ सय रुपैयाँ प्रतिकेजीका दरले मोलमोलाई गरेर खसी र बोका किनबेच हुँदै आएको छ।
ओखलढुंगाका पात्ले, श्रीचौर, केत्तुके, तलुवा र टोक्सेल लगायतका ठाउँका किसानले खसी र बोका पाल्ने गर्छन् ।
प्रतिक्रिया दिनुहोस्