
काठमाडाैँ । सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश हरिकृष्ण कार्कीले आजदेखि कायममुकाय प्रधानन्यायाधीशको जिम्मेवारी पाउनुभएको छ ।
कामु प्रधानन्यायाधीश दीपककुमार कार्की भारत भ्रमणमा गएसँगै वरिष्ठ न्यायाधीश कार्की कामु प्रधानन्यायाधीश बन्नु भएको सर्वोच्च प्रशासनले जनाएको छ ।
कामु प्रधानन्यायाधीश कार्कीले यही असोज १५ गतेबाट अमेर हदका कारण अवकास पाउँदै हुनुहुन्छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध लागेको महाअभियोग नटुंगिएकाले विगत ८ महिनादेखि निलम्बनमा हुनुहुन्छ ।
राणा निलम्बनमा परेपछि कार्की कामु प्रधानन्यायाधीशको भूमिकामा हुनुहुन्थ्यो भने अहिले हरिकृष्ण कार्कीले पनि कामु प्रधानन्यायाधीशकै जिम्मेवारी पाउनुभएको हो ।
प्रतिक्रिया दिनुहोस्