८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


‘काेइराला समूहले गरिरहेकाे ‘विरोध’ अनावश्यक’


650
Shares

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले डा. शेखर कोइराला समूहले गरिरहेकाे विरोध अनावश्यक रहेकाे बताउनुभएकाे छ ।

मंगलबार पार्टी कार्यालय, सानेपामा आयोजित पत्रकार सम्मेलनमा डा. महतले कोइराला समूहको गतिविधिलाई नजिकबाट हेरिरहेको समेत बताउनुभयाे ।

उहाँले भन्नुभयाे,’समानुपातिक पद्धतिको बन्दसूची सहमतिबाटै तयार पारिएको हाे, कुनै एउटा पक्षलाई पक्षपोषण गर्ने गरी सूची बनेकाे छैन, त्यसैले अहिले काेइराला समुहले गरिरहेकाे विरोध अनावश्यक र पार्टीको हितमा छैन।’

उहाँका अनुसार पदाधिकारी, पूर्व पदाधिकारी, संसदीय बोर्डका सदस्यहरु समावेश भएर सहमतिबाट त्यो समानुपातिक सूची पेश भएकाे हाे ।

उहाले भन्नुभयाे, ‘ केही कमीकजाेरी हाेलन् । तर एउटा पक्षलाई पक्षपोषण गरेर अर्कोलाई कमजोर गर्ने केही काम भएकाे छैन।’शेखर समूहका नेताहरुले गरिरहेको विरोधतर्फ संकेत गर्दै उनले यो उपयुक्त नभएको बताउनुभयाे ।