
सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिकाको रानीबास, हर्षाही र चन्दनपुरमा पर्ने ५० औं हेक्टर घनाजंगल लामो समयदेखि अतिक्रमित भइरहेको छ ।
सिन्धुलीको चुरे भावर क्षेत्रका अमूल्य सालकाे काठकोे वन अतिक्रमित भएका कारण भू-क्षय र दैवी विपतिका घटनाहरु समेत विगतको तुलनामा बढेर गएका हुन् । विगतमा सुकुम्बासीको नाममा घना जंगल सखाप पारी बस्ती बसाउदा समेत सरकारी निकायले भने कुनै चासो देखाएकाे छैन् । जसका कारण प्राकृतिक सम्पदा दैनिक रुपमा मासिएर गएको हो ।
रानीबास चन्दनपुरको ५० हेक्टर समथर घनाजंगललाई २०५२ सालदेखि लुकी-चोरी स्थानीय बासीन्दाहरुले आफूखुशी सुकुम्बासीको नाममा फडानी गर्न सुरु गरिएको थियो । सोही क्रममा २०६३ सालपछि एकक्कासी बढेर जाँदा एक वर्षको अन्तरालमै ५० हेक्टर घना जंगल मानव बस्तीमा परिणत भएकाे हाे । वन अतिक्रमण तथा जंगल विनाश गरेर बस्ती बसाईएकोे यो सिन्धुली जिल्लाकै सबैभन्दा ठूलो घटना हो ।
रानीबासको चन्दनपुरमा आफूखुशी वन अतिक्रमण गर्नेहरुलाई सोही क्षेत्रबाट हटाएर जंगलको संरक्षण गर्न जिल्ला स्तरमा पटक-पटक प्रयास गरिएता पनि अतिक्रमणकाे नियन्त्रण हुन भने सकेको छैन् । विभिन्न बहानामा चरे भावर क्षेत्रका अमूल्य घनाजंगल अतिक्रमण गरी बस्ती बसाउदै जाँदा सिन्धुलीका वन सम्पदा विनाश हुँदै गएका छन् ।
प्रतिक्रिया दिनुहोस्