
काठमाडाैँ । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको राजीनामा स्वीकृत भएको छ ।
असोज १० गते बसेको एन्फा कार्यसमिति बैठकले अल्मुताइरीले दिएको राजीनामा स्वीकृत गरेको हो ।
नेपालले असोज ११ गते बंगलादेशविरुद्ध मैत्रीपूर्ण खेलअघि एन्फाको कार्यसमिति बैठकले राजीनामा स्वीकृत गरेको जनाइएको छ । अल्मुताइरीले केही साताअघि एन्फामा राजीनामा बुझाएका थिए ।
बंगलादेशसँगको खेलका लागि एन्फाले प्रदीप हुमागाईंलाई कार्यवाहक मुख्य प्रशिक्षक नियुक्त गरेको थियो ।
मंगलबार नेपालले उक्त खेल ३–१ ले जितेसँगै हुमागाईंको कार्यकाल पनि सकिएको छ । नयाँ प्रशिक्षकको नियुत्ती बारेमा एन्फाले अहिलेसम्म कुनै निर्णय गरेको छैन।
प्रतिक्रिया दिनुहोस्