२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


‘संस्कृतिलाई समयानुकुल परिवर्तन गर्न आवश्यक’


949
Shares

काठमाडाैं । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले संस्कृतिलाई समयानुकुल परिवर्तन गर्न आवश्यक रहेको बताउनुभएको छ ।

आज काठमाडौंमा आयोजित एक कार्यक्रममा उहाँले कृषिप्रधान कालखण्डमा भगवानको परिकल्पना गर्नु स्वाभाविक भएपनि अब मानिसको चेतनाअनुसार परिवर्तन गर्न सक्नुपर्ने बताउनुभयो । विज्ञान र प्रविधिको समयमा चेतनाको विकास हुन नसक्दा मानिसले संस्कृतिको नाममा विभेदकारी र अवैज्ञानिक कुरा पछ्याएर बसेको उहाँको भनाइ छ ।

अध्यक्ष भट्टराईले केही वर्ष यता नेपाल समाजवादी पार्टीको नाम फेरिए पनि विचार र सिद्धान्तमा विचलन नआएको दाबी गर्नुभयो । सामाजिक सञ्जालमा बाबुराम र रविन्द्र मिश्र उस्तै रहेछन् भन्ने कुरा उठिरहेको उल्लेख गर्दै उहाँले पुरातन राजावादी र अग्रगमनकारी शक्ति कहिल्यै उस्तै हुन नसक्ने जिकिर गर्नुभयो ।

भट्टराईले आफ्नो पार्टीको लक्ष्य समुन्नत र सहभागितामुलक लोकतन्त्रमा आधारित समाजवाद प्रणाली निर्माण गर्ने रहेको भन्दै आगामी निर्वाचनमा आफ्नो पार्टीको प्रतिनिधि संसदमा पठाउने गरी तयारी गर्न नेता कार्यकर्तालाई आग्रह गर्नुभयो ।