
एजेन्सी । भारतीय अभिनेता अजय देवगन, तब्बु र श्रेया सरन अभिनित चलचित्र ‘दृश्यम २’ को टिजर सार्वजनिक भएको छ ।
सन् २०१५ मा रिलिज भएको भारतीय चलचित्र ‘दृश्यम’को दोस्रो श्रृंखला बनेको छ । जसको टिजर बिहीबार सार्वजनिक भएको हाे । चलचित्रको टिजरलाई दर्शकहरूले निकै रुचाइरहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
टिजरमा फेरि एक पटक तब्बुका छोराको हत्या प्रकरण खुलेको छ । जसमा विजय सालगाउँकर (अजय) र उनको परिवार फेरि प्रहरीको निशानामा आउने टिजरमा देखाइएको छ ।
१ मिनेट २२ सेकेण्डको टिजरमा विजयले भिडियो रेकर्ड गरेर आफ्नो अपराध स्वीकार गरेको देखिन्छ । विजय र उनको परिवारले आफ्नो बुद्धिका साथ एक पटक फेरि प्रहरीलाई सम्पर्क गर्ने हुन् की भनेर अनुमान गर्न सकिन्छ ।
निर्देशक अभिषेक पाठक निर्देशित चलचित्र अक्टोबर १८ मा रिलिज हुने भएको छ ।
प्रतिक्रिया दिनुहोस्