९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


थपिए ४५ जना कोरोना संक्रमित


39
Shares

काठमाडौं । थप ४५ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा दुई हजार ६७८ वटा नमुना परीक्षण गर्दा ४५ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, बिहीबार ७० जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या एक हजार ७७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।