२५ चैत्र २०८१, सोमबार | Mon Apr 7 2025


सिटी एक्सप्रेसद्वारा पहिलो महिनाको १ तोला सुन बिजेताको नाम घोषणा


611
Shares

काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले “बिदेशबाट सिटी आयो, दशैं तिहारलाई गोल्डेन बनायो” योजना अन्तर्गत पहिलो महिनाको १ तोला सुन बिजेताको नाम घोषणा गरेको छ ।

कम्पनीले बिद्युतीय प्रणालीद्वारा विजेता छनौट गर्दा कोरियाबाट रेमिटान्स पठाउने रीना कुमारी तामाङले १ तोला सुन जित्न सफल भएकी हुन् । सोही योजना अन्तर्गत गत भदौ १५ देखी असोज ११ गते सम्म अन्य चार जनाले साप्ताहिक उपहार १०/१० तोला चाँदी जित्न सफल भैसकेका छन् । साउदी अरबबाट नरेश यादव , कुवेतबाट शम्भु बहादुर सार्र्की नेपाली, जापानबाट उज्ज्वल पुडासैनी साथै मलेशियाबाट रेमिटान्स पठाउने पुरण रोक्का गरी ४ जनाले १०/१० तोला चाँदी जित्न सफल भएका छन् ।

सिटी एक्सप्रेस मनी ट्रान्सफरले गत भदौ १५ गते नेपालीहरुको महान चाड २०७९ सालको दशैँ, तिहार र छठ्लाई लक्षित गर्दै आफ्ना ग्राहकहरुसँग पर्वको खुशी साट्न लगातार ६३ दिन सम्म चल्ने “बिदेशबाट सिटी आयो, दशैं तिहारलाई गोल्डेन बनायो” उपहार योजना घोषणा गरेको थियो । सोही योजना अन्तर्गत लक्की ड्र मार्फत हरेक महिना १ जनालाई १ तोला सुन, हरेक हप्ता १ जनालाई १० तोला चाँदी साथै ६३ दिन लगातार हरेक दिन १६ जना विजेताहरुलाई आकर्षक गिफ्ट ह्याम्पर र अन्त्यमा एक जना भाज्ञशाली बम्पर बिजेतालाई ५ तोला सुन उपहार प्रदान गरिने छ ।

कम्पनीका अनुसार “बिदेशबाट सिटी आयो ,दशैं तिहारलाई गोल्डेन बनायो” अफर भदौ १५ गते देखि कार्तिक १५ गते सम्म लागू हुनेछ । यो अवधिभरी सिटी एक्सप्रेस मार्फत देश विदेशबाट पैसा पठाउने सम्पूर्ण सेवाग्राही यो उपहार योजनामा सहभागी हुनेछन् । यस उपहारको विजेता छनौट गर्दा विद्युतीय प्रणालीद्वारा गरिनेछ र यो योजना सिटी एक्सप्रेसमा कार्यरत कुनै पनि कर्मचारीलाई लागु हुने छैन ।