
काठमाडौं । काठमाडौंको मखन टोलस्थित तारिणी बहालमा नयाँ जीवित देवी कुमारी स्थापना गरिएको छ ।
शुक्रबार तान्त्रिक परम्परा र विधिविधान अनुसार मतिना डंगोललाई कुमारी बनाइएको हो ।
तारिणी कुमारीको रुपमा प्रसिद्ध कुमारी ज्यापु समुदायबाट बनाइन्छ । यस कुमारीलाई राजकीय शाक्यकुलकी कुमारीको दिदीको रुपमा लिइन्छ । राजकीय कुमारीलाई स्वास्थ्य लगायत केही समस्या भएमा यस कुमारीलाई देखाउने र पूजा गर्ने परम्परा रहेको छ ।
यस अघि प्रकृति महर्जन तारिणी कुमारी रहेकी थिइने । राजकीय शाक्य कुलकी कुमारी तलेजु भवानी र तारिणी बहालको कुमारीलाई तारिणी कुमारीको रुपमा पुजिंदै आएको छ ।
प्रतिक्रिया दिनुहोस्