१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


पिकअप भ्यानको ठक्करबाट वृद्वाको मृत्यु


247
Shares

काठमाडौं । पिकअप भ्यानको ठक्करबाट शुक्रबार तनहुँमा एक पैदल यात्री वृद्वाको मृत्यु भएको छ ।

जिल्लाको म्याग्दे गाउँपालिका–२ बस्ने ७० वर्षकी ईन्दुमाया नेपालीको मृत्यु भएको हो ।

सोही गाउँपालिका–३ बस्ने २४ वर्षीय गणेश थापाले चलाएको सामान बोक्ने ग २ च ७०६० नम्बरको सो भ्यानले ठक्कर दिँदा सख्त घाइते नेपालीको उपचारको क्रममा मृत्यु भएको हो जिप्रका तनहुँका प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो ।

चालक र सवारी साधन नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिप्रका तनहुँका प्रहरी नायव उपरीक्षक खड्काले जानकारी दिनुभयो ।