
एजेन्सी । चार वर्ष अघि विबाह बन्धनमा बाँधिएका बलिउड नायक रणवीर सिंह र नायिक दीपिका पादुकोणको जोडी अलग हुन लागेको हल्ला गलत साबित भएको छ ।
भारतीय संचार माध्यमका अनुसार पछिल्लो समय यो जोडी छुट्टिन लागेको भन्दै अफवाह फैलिएको थियो । यसबारे रणबीर र दीपिका भने चुपचाप थिए । तर सामाजिक संजालमा रणवीरको पोस्टमा दीपिकाले लेखेको कमेन्टले यो भ्रम तोडेको छ । दीपिका आफैंले उनीहरुको जोडीप्रति फैलाइएको अफवाहहरूमा पूर्णविराम लगाएकी हुन् ।
रणवीरले हालै आफ्नो केही तस्बीर पोस्ट गरेका छन् ।ती तस्बीरहरूमा उनी सधैं झै रंगीन र आकर्षक देखिएका छन् । रणवीर ती तस्बीर सबैमा गुलाबी लुकमा देखिएका थिए । यस्तो लुकमा फेसन संसारमा अलि जोखिमपूर्ण मानिन्छ । रणवीरको यो लुकलाई लिएर सबैले असाध्यै मनपराएका थिए । दीपिकाले पनि आफ्नो श्रीमानको यो लुक मन पराउँदै उनले एक शब्दमा फनी कमेन्ट गरिन् । दीपिकाले रणवीरको खुलेर तारिफ गर्दै उनी हरेक कुरामा योग्य भएको बताएकी छिन् । दुवैले आ–आफ्नो शैलीमा आफूबीचको प्रेम आज पनि कायम रहेको बताएका छन् । रणवीरको पोस्ट र दीपिकाको कमेन्टले उनीहरुको सम्बन्ध सबै ठीकठाक रहेको देखाएको छ ।
दुवैले आफ्नो वैवाहिक सम्बन्धलाई अझ बलियो रुपमा साबित गरेका छन् । बिछोडको अफवाह प्रमाणित भएपछि यो जोडीका फ्यानहरु यति उत्साहित भएका छन् कि टचवुड जस्ता शब्दहरु कमेन्ट सेक्सनमा निरन्तर आइरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्