
इलाम । इलाममा पनि आज आइतबार विभिन्न कार्यक्रम गरेर फूलपाती पर्व मनाइँदै छ ।
सदरमुकाममा रहेको ऐतिहासिक माईस्थान मन्दिरमा विशेष पूजा आजा गरी नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी लगायतले फूलपाती भित्र्याएका हुन् । देउरालीमा पूजा गरि फूलपातीलाई बजार परिक्रमा गर्दै माईस्थानमा भित्र्याएको हो ।
फूलपातीलाई विशेष बनाउन आइतबार इलाम नगरपालिकाले पनि विभिन्न कार्यक्रम आयोजना गरेको छ। सदरमुकाम इलाम बजारमा नेपाली सेनाले ऐतिहासिक तोपलाई माईस्थान मन्दिरमा पुनःस्थापना गर्ने कार्यक्रम समेत तय गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्