
अर्घाखाँची । अर्घाखाँचीको शितगंगा नगरपालिका ठाडामा रहेको डम्मरु दहमा हाम फालेका एक जना पुरुषको मृत्यु भएको छ।
मृत्यु हुनेमा शितगंगा नगरपालिका वडा नम्बर ३ का दह निवासी ३७ वर्षीय खिमबहादुर नेपाली रहेको इलाका प्रहरी कार्यालय ठाडाले जनाएको छ । स्थानीयले दहमा हाम फालेको देखेपछि नेपालीलाई इलाका प्रहरी कार्यालय ठाडाको टोली र स्थानीयले पानी मुनी हिलोमा गडेको अवस्थामा उद्धार गरिएको इलाका प्रहरी कार्यालय ठाडाका प्रहरी निरीक्षक होम रेग्मीले जानकारी दिनुभयो ।
नेपालीको उद्धारपछि उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा पुर्याईएको थियो । तर उनको मृत्यु भईसकेको चिकित्सकले घोषणा गरेका थिए । उनकाे शवको पोष्टमार्टमका लागि जिल्ला अस्पताल सन्धिखर्कमा लगिएको छ । घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्