४ बैशाख २०८२, बिहिबार | Thu Apr 17 2025


काठमाडौंबाट बाहिरिनेको संख्या घट्यो, टिकटप्रति यात्रुको गुनासो


468
Shares

काठमाडाैं । दशैं सुरु भएदेखि काठमाडौं उपत्यका छोडेर घर फर्कनेहरुको भीड भएपनि फूलपातीदेखि भने बाहिरिनेको संख्या पातलिएको छ ।

दशैं लागेदेखि नै ठूलो संख्याले उपत्यका छोडेपछि अहिले भने यात्रुहरुलाई टिकटमा सहज भएको हाे । तर दशैंका नाममा नियम, कानून, विधि विधान र कर्तव्यमाथि नै धावा बोल्ने प्रवृत्तिकाे अन्त्य हुन जरुरी देखिन्छ ।

यसअघि भीडभाड रहेको गोंगबुस्थित नयाँ बसपार्कमा भीडभाड कम भएको छ । घटस्थापनादेखि स्कुल तथा कलेज बन्द भएलगत्तै घर फर्किएपछि अहिले केही सहज भएको हो । फूलपातीदेखि सरकारी तथा निजी कार्यालय बन्द भएपछि घर फर्कनेहरु भएपनि बसपार्कमा पहिले जस्तो टिकटको मारामार छैन् । काठमाडौं उपत्यकाबाट हालसम्म सरदर ५ लाख यात्रु बाहिरिएको अनुमान ट्राफिक प्रहरीले गरेको छ ।

यात्रु घटेसँगै टिकट सहजै पाइएको यात्रुहरुले जनाएका छन् । हिजो अस्तितिर टिकट नपाएर फर्किएकाहरुले अहिले टिकट पाउन समस्या नभएको अनुभव सुनाएका छन् । यद्यपी टिकट मूल्य महँगिएकोमा उनीहरुको चित्त दुखाई छ ।
कतिपय यातायात सञ्चालकले टिकन नकाट्न आग्रह गर्दै सस्तो भाडामा मुढा तथा म्याटमा यात्रुलाई आकर्षित गरिरहेका छन्।

दशैंको समयमा यताबाट बाहिरिनेको संख्या बढे्पनि फर्किंदा रित्तो हुने भएकाले मारमा पर्ने गरेको सञ्चालकको गुनासो छ । इन्धनको मूल्यवृद्धिले व्यवसाय चौपट भएको उनीहरु बताउँछन् । दशैंमा घर जानुपर्ने यात्रुको बाध्यतामाथि गाडी सञ्चालकले मनोमानी पैसा असुल्ने गरेको वर्षेनी आउने गुनासो हो ।

दशैंका नाममा नियम, कानून, विधि विधान र कर्तव्यमाथि नै धावा बोल्ने प्रवृत्ति अन्त्य हुन जरुरी छ ।