८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


झापामा दशैं सुरु भएसँगै सन्थाल मेला लाग्न थाल्याे


130
Shares

काठमाडौं । झापाका विभिन्न स्थानमा दशैं सुरु भएसँगै सन्थाल मेला लाग्न थालेकाे छ ।

मेलामा सन्थालहरुले मौलिक सांस्कृतिक नृत्यहरु रङ्गीचङ्गी पहिरनमा बाजागाजासहित देखाउने गरेका हुन् । गाउँभरीका सन्थाल भेला भएर बाजागाजा सहित रमाईलो गर्ने गर्छन् । सन्थाल समुदायको बाक्लो उपस्थिति भएको ठाउँमा यो नृत्यको रौंनक बेग्लै हुने गरेको छ ।

प्रत्येक वर्षको दशैंमा नृत्यसहितको भव्य मेला लाग्ने गर्छ । दशैंको रमझमसँगै पूर्वीतराईमा सन्थालहरु मुरली, झ्याम्टा र ढोल बोकेर नाच्दै रमाउन थालेका छन् । जिल्लाको गरामनी, सैनिकमोड, गौरीगञ्ज, टाघनडुब्बा, फुलबारी, महाभारा, लालपानी, शरणामती, झापाबजार, चारआली र लखनपुरलगायतका क्षेत्रमा सन्थाल समुदायको बाक्लो बसोबास रहेकाे छ ।

सन्थाल नृत्य गर्दा रङ्गीचङ्गी पहिरन, कमिज गञ्जी, धोती, शिरमा मयूरको प्वाँख, ऐना, कम्मर, खुट्टामा झुम्का र कल्ली लगाउने गर्दछन् । दशैंमा दुर्गा पूजा पनि बडो धुमधामका साथ मनाउने उनीहरुले गाउँगाउँमा स्थापना गरिएका दुर्गा माताका मन्दिरमा समेत नृत्य प्रदर्शन गरेका छन् ।