२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


इलाममा बीस वर्षपछि तोप फर्काइयो


299
Shares

इलाम । इलाममा बीस वर्षपछि ऐतिहासिक तोप फर्काइएको छ । इलाम नगरपालिका र रणशार्दुल गण इलामका गणपति सुनिल सुवेदीको पहलमा २० वर्षपछि इलाममा ऐताहासिक दुई थान तोप फर्काएको हो ।

चाराली इलामका बाहिनीपति कृष्णप्रसाद भण्डारी र इलाम नगरपालिकाका प्रमुख केदार थापाको अगुवाईमा माइस्थान मन्दिरमा २० वर्षपछि तोप पुर्नस्थपित गरिएको हो ।

६ महिना अघि प्रमुख सेनापति प्रभुराम शर्मा माइस्थान मन्दिरको दर्शनमा आउँदा निशानको पूजा अर्चना पछि नेपाली सेनालाई तोप फर्काउन पत्राचार गरिएको थियो ।

नेपाल एकीकरणका क्रममा पृथ्वीनारायण शाहले इलाममा भित्र्याएको निशान र दुई थान तोप सुरक्षाको कारण देखाउँदै २० वर्ष अघि तत्कालिन शाही नेपाली सेनाले काठमाडौं लगेको थियो ।

इलामे जनताले हस्ताक्षर संकलन गरी तत्कालिन प्रधानसेनापतिलाई अनुरोध गरेपछि १५ वर्षपछि निशान पुनः इलामको माइस्थानमा फर्काइएको थियो भने तोप २० वर्ष पछि फर्काइएको हो ।