
काठमाडौं । जनकपुरधाममा दशैंको महाअस्ष्टमीका दिन मात्र २ करोड रुपैयाँ भन्दा बढीको लड्डु बिक्री भएको छ ।
विभिन्न शक्तिपीठमा प्रसाद चढाउनका लागि २ करोड रुपैयाँ बढीको लड्डु बिक्री भएको भएको हो । एकै दिनमा यहाँ करिब ३५ हजार किलो लड्डु बिक्री हुँदा २ करोडको आर्थिक कारोबार भएको जनकपुर उद्योग वाणिज्य संघले जनाएकाे छ ।
जनकपुरधामका मुख्य बजार क्षेत्रमा रहेका २ सय भन्दा बढी मिठाई पसलबाट मिठाई बिक्री भएको हो । महाअष्टमीका दिन माता राजदेवीलाई प्रसाद चढाउनका लागि अधिकांशले लड्डु खरिद गर्ने गर्छन् । दशैंका लागि ३ दिन अघिदेखि नै मिठाई पसलेहरूलाई लड्डु बनाउन भ्याई-नभ्याई छ ।
तर बजार अनुगमनको अभावका कारण अखाद्य सामग्रीको प्रयोग गरी बनाइएका लड्डु पनि पनि खरिद गर्नु परेको उपभोक्ताको गुनासो छ ।
प्रतिक्रिया दिनुहोस्