
तेह्रथुम । लिम्बु समुदायहरुले निशान निकालेर हर्षाेल्लासका साथ मौलो काट्ने परम्परा अझै पनि कायम रहँदै आएको छ ।
पूर्वी लिम्बुवानको तेह्रथुम, धनकुटा र पाँचथरमा हरेक वर्ष बडा दशैंको नवमीका दिन निशान निकाल्ने परम्परा रहेकाे छ । खासगरी पूर्वी नेपालमा बसोबास गर्दै आएका लिम्बु समुदायमा हरेक वर्ष बडा दशैंको नवमीका दिन निशान निकाली मौलो काट्ने गर्दै आएको छन् । यसलाई लिम्बुवानले निशान भन्ने गर्न्छन् । तेह्रथुम जिल्लाको सुदाप ओख्रेमा खेवा लिम्बुहरूसँग २ वटा पूराना हातहतियार र तोपसहितको निशान छ ।
पाँचथरका योङहाङ लिम्बुहरूसँग पनि २ वटा निशान रहेका छन् । पूर्वको धनकुटा जिल्ला हाल छथर जोरपाटी गाउँपालिकामा खजुम पारघरी र चोङ्वाङ लिम्बुहरूसँग हात हतियारसहितको २ वटा निशान, तेह्रथुम तत्कालीन पञ्चकन्या गा.वि.स हाल छथर गाउँपालिकाको वासिकामा खजुम लिम्बुहरूसँगै २ वटा निशान रहेका छन् । यी निशानहरू दशैंको नवमीको दिनबाहिर निकालेर पूजाआजा गरी प्रदर्शन गर्ने परम्परा रहेको प्रतिक सुब्बाले बताउनुभयो ।
धनकुटाको ताङ्खुवामा रहेको निशानलाई नवमीको दिन कोतघरवाट निकाली करिब डेढ किलोमिटरको दूरीमा रहेको मौलोडाडा सम्म पुर्याएर मौलो काटी पुन: कोतघरमा पु्याएर निशान लुकाउने गरिन्छ । त्यस्तै उता तेह्रथुमको सुदाप ओख्रेमा रहेको निशान पनि प्रदर्शन गरि मौलो काट्ने गरिन्छ । त्यस्तै पाँचथरको याङरुपमा रहेको निशान भने हरेक वर्ष नवमीको दिन नचाईने गरिन्छ ।
प्रतिक्रिया दिनुहोस्