
काठमाडौं । सुनसरी–मोरङ सिंचाइ आयोजनाको चतरा नहर आसपासमा फेरि घर–टहरा बनाउने क्रम बढ्न थालेको छ ।
७ वर्षअघि नियमनकारी निकायले घर–टहरा हटाएर केही वर्ष रोकिएकामा फेरि बनाउने क्रम बढेको हो । ६ वर्षअघि सुनसरी बराह क्षेत्रको चतरादेखि नहर पुग्ने अन्तिम स्थान मोरङको बाहुनीसम्मको क्षेत्रमा ५ हजार ५ सय हाराहारी घर–टहरा भत्काइएका थिए । घर–टहरा हटाउन आयोजनाले पटक पटक सूचना गर्दा पनि अटेर गरेपछि सुरक्षाकर्मी परिचालन गरी डोजर लगाएर घर–टहरा भत्काइएको थियो ।
पछिल्लो समय फेरि अतिक्रमित जमिन खाली गराउन पहल नहुँदा घर–टहरा बनिरहेका छन् । सुनसरीको चतराबाट नहर पुग्ने मोरङको बाहुनीसम्म ५३ किलोमिटर आसपास घर–टहरा बनाउने क्रम नरोकिँदा नहर साँघुरिदै गएको छ । दुई वर्षयता रामधुनीको झुम्काबजारदेखि उत्तर–दक्षिण दुवैतर्फ नहर आसपास घरटहरा बनाउने क्रम बढ्दै गएको हो । मोरङको बुढीगङ्गा गाउँपालिकादेखि बाहुनीसम्म पनि ठाउँ-ठाउँमा घर–टहरा बनाईएका छन् ।
सुनसरी–मोरङ सिंचाइ आयोजनाले नहरको आसपासमा कुनै प्रकारको अतिक्रमित गतिविधि नगर्न पटक-पटक आग्रह गर्दा समेत रोकिएको छैन् ।
प्रतिक्रिया दिनुहोस्