
काठमाडौं । गुल्मीका शक्तिपीठहरुमा भक्तजनको घुइँचो लागेको छ ।
बडादशैंको अवसरमा विभिन्न मन्दिर तथा शक्ति पीठ, देवालयमा दुर्गाको पूजाआराधना गर्दै उनीहरुले आशिर्वाद ग्रहण गरेका हुन् । गुल्मीका विभिन्न देवालयमा पूजाआजाका साथै बलि दिएर प्रत्येक वर्ष बडादशैं मनाउने गरिन्छ । पछिल्लो २ वर्षसम्म कोरोना महामारीले मन्दिरहरुमा भीडभाड कम हुने गरेको थियो ।
तर, यसवर्षको बडादशैंमा कोरोना महामारीको असर कम भएकोले मन्दिर तथा शक्तिपीठहरुमा भक्तजनको बाक्लो उपस्थिति भएको छ । गुल्मीस्थित धार्मिक तथा ऐतिहासिक मन्दिरहरु मुसिकोट, ईस्माकोट, धुर्कोट, अर्जै, चारपाला दरवार, जोगिथुम मन्दिर, अर्जुन भगवती मन्दिर र तम्घास मन्दिर लगायतका मन्दिरहरुमा पूजा गर्नेहरुको घुइँचो लागेको छ । यी मन्दिरहरुमा परापूर्वकालमा ऐतिहासिक राजाहरुले बसोबास गरेको पुरानो मान्यता छ ।
परिवारको सुख, शान्तिको कामना गर्दे शक्तिपीठको दर्शन गर्ने गरिन्छ । बिहानैदेखि नुहाईधुवाई चोखोनीतो भएर गुल्मीका विभिन्न स्थानमा रहेका मन्दिरहरुमा बिहानैदेखि पूजा आरधना गर्ने गरिन्छ । विषेश गरेर बडादशैंका सबै दिनमा नियमित रुपमा यहाँका सक्तिपीठमा पूजाअर्चना गर्ने गरिन्छ ।
प्रतिक्रिया दिनुहोस्