१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


माओवादी अध्यक्ष प्रचण्डले दशैंको टीका छोरी र बुहारीलाई लगाइदिए


2.769k
Shares

काठमाडौं । कुनै न कुनै बहानामा दशैं बहिष्कार गर्दै आउनुभएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छोरी-बुहारी र नाति-नातीनाहरूलाई दशैंको टीका लगाइदिनुभएको छ ।

आज (बुधबार) उहाँले काठमाडौंको खुमलटारस्थित आफ्नै निवासमा उनीहरुलाई विजया दशमीको टीका लगाइदिनु भएको हो । सपरिवारलाई टीका लगाइदिए पनि उहाँले भने कसैबाट टीका लगाउनु भएको छैन् ।

टीका लगाउने समूहमा पत्नी सीता बिरामी भएका कारण अनुपस्थित हुनुहुन्छ । उहाँले दुई छोरी, बुहारी, नातिनातिनाका साथै पारिवारिक सदस्यलाई टीका लगाइदिनुभएको हाे ।

त्यसैगरी भरतपुर महानगरकी प्रमुख समेत रहनुभएकी छोरी रेणु दाहालले परिवारका अरु सदस्यलाई भगवतीको प्रसाद टीका तथा जमरा लगाउनुभएको थियो । केही समयअघि अध्यक्ष प्रचण्डले हिन्दु धर्म ढुंगा पूजा गर्न सिकाएको भन्दै विरोध समेत गर्नुभएको थियो ।