७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


बारामा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु, २५ घाइते


169
Shares

काठमाडाैं । बाराको जितपुर सिमरा उपमहानगरपालिका–२२ अम्लेखगञ्जमा यात्रुबाहक बस दुर्घटना भएकाे छ ।

बिहिबार नारायणघाटबाट वीरगञ्जतर्फ जाँदै गरेको बा प्र ०६–००१ ख ०११० नम्बरको बस दुर्घटना हुँदा बसमा सवार १४ जनाको मृत्यु भएको हो । साेही दुर्घटनामा २५ जना घाइते भएका छन् । घटनास्थलमा प्रहरी टोली पुगेर उद्धार कार्य गरिरहेको छ ।

दुर्घटनाको प्रकृति हेर्दा मृतकको संख्या अझै बढ्न सक्ने जिल्ला प्रहरी कार्यालय बाराले जनाएकाे छ। जितपुर सिमरा उपमहानगरपालिका–२२ अमलेखगञ्जस्थित ३ नम्बर पुलबाट बस तल खोलामा खसेको हाे। घाइतेहरूकाे सिमरास्थित अल्पाइन र हेटौंडा अस्पतालमा उपचार भइरहेकाे प्रहरीले बताएकाे छ ।

दशैं बिदामा सडक खाली हुँदा तीब्र गतिका कारण अनियन्त्रित भई बस दुर्घटना भएको हुन सक्ने प्रहरीले अनुमान गरेकाे छ ।