१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी


1.768k
Shares

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि सिट बाँडफाँट टुंगो लगाउन सत्ता गठबन्धनको बैठक बसिरहेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहिबार बिहान १० बजेदेखि बसेको बैठकमा सुल्झाउन बाँकी निर्वाचन क्षेत्रमा सहमति जुटाउन विषयमा छलफल केन्द्रित छ । सिट बाँडफाँटमा अन्तिम सहमति जुटाउने भन्दै पछिल्लो एक हप्तादेखि गठबन्धन दलका शीर्ष नेतासहित सिट बाँटफाँट कार्यदलको निरन्तर बैठक बसेपनि सिट बाँडफाँटमा अझै एक-अर्काको चित्त बुझाउन सकेका छैनन् ।

केही निर्वाचन क्षेत्रमा सबै दलको दावी रहेपछि निष्कर्षमा पुग्न हम्मे परेको हो । बुधबार बसेको बैठकले अन्तिम सहमति गरेको बताइए पनि सिट बाँडफाँटमा नेकपा एकीकृत समाजवादी र जसपाले असहमति जनाएपछि सहमतिले मूर्तरुप लिन भने सकेन । नेपाली कांग्रेस र माओवादीले आफूहरुलाई पेलेर सिट बाँडफाँट गरेको उनीहरुको आरोप छ ।

कांग्रेस– माओवादी समाजवादी र जसपालाई १७–१७ सिट दिन तयार भएपनि समाजवादीले २५ सिटमा दावी गर्दै आएको छ । जसपा पनि कम्तिमा २२ सिट आफ्नो भागमा पर्नुपर्ने दावी गर्दै आएको छ । आफूलाई २२ सिट नदिए गठबन्धन तोड्न सक्ने जसपाको चेतावनी छ । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि असोज २३ गते उम्मेदवारी दर्ताको कार्यतालिका सार्वजनिक गरेको छ ।

उम्मेदवारी मनोनयन दर्ता गर्ने समय २ दिनमात्र बाँकी रहेपनि अझै सहमति जुट्न नसकेपछि गठबन्धनका दलहरु दवाबमा छन् । सिट बाँडफाँटका लागि सत्तारूढ गठबन्धनले गत साउन २० गते ११ सदस्यीय कार्यदल गठन गरेर साउन अन्तिमसम्मको समयसिमा तोकेपनि अहिलेसम्म सहमति जुट्न भने सकेको छैन् ।