
स्याङ्जा । पहिराेका कारण बुटवल-पोखरा जोड्ने सिद्धार्थ राजमार्गको वालि-गल्याङ सडकखण्ड अवरुद्ध भएको हो ।
अविरल वर्षाका कारण आज (बिहिबार) बिहान ४:१५ बजेतिर गल्याङ–८ झोल्पेमा सडकमाथिबाट पहिरो खस्दा सडक अवरुद्ध भएको हाे । बिहानदेखि अवरुद्ध भएको सडक खुलाउनका लागि सडक विभागको डोजर पठाउन समन्वय भइरहेको छ ।
पहिरोका कारण दशैंको टीका तथा आशिर्वाद थाप्नका लागि आफन्तकामा आउने र जाने मानिसहरुबीच बाटाेमै रोकिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी प्रवक्ता रवीन्द्र खनालले जानकारी दिनुभयो। मंगलबार रातिदेखिकाे वर्षाका कारण पहिराे जाँदा दशैंमा आफ्ना मान्यजनकाे हातबाट टीका लगाउन जानेहरुलाई दु:ख भएको छ ।
त्यस्तै स्याङ्जा र कास्कीको सीमास्थित कुभिण्डेमा पनि अविरल वर्षाका कारण अवरुद्ध बनेको सिद्धार्थ राजमार्ग एकतर्फी खुलाइएको जिल्ला प्रहरी कार्यलय स्याङ्जाले जनाएकाे छ । जिल्लाका विभिन्न ग्रामीण भेगमा पहिरोका कारण सवारी साधन चल्न नसक्दा यसपालिको दशैं निकै कष्टकर बनेको हो।
साथै ग्रामीण भेगमा पहिरोका कारण धेरै बस्तीहरु उच्च जोखिममा समेत परेका छन् ।
प्रतिक्रिया दिनुहोस्