१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


पहिरोका कारण गोरुसिंगे सडक २ दिनदेखि अवरुद्ध


260
Shares

अर्घाखाँची । मंगलबारदेखि परेको अविरल वर्षाका कारण पहिरो जाँदा अर्घाखाँचीकाे गोरुसिंगे सन्धिखर्क सडक २ दिनदेखि अबरुद्ध भएको छ।

सन्धिखर्क नगरपालिका वडा नम्बर ६ गुम्ती नजिकै पहिरो जाँदा सडक पूर्ण रुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको हाे । बुधबार राति आधा घण्टा एकतर्फी सडक संचालनमा आएपनी पुन: पहिरो जाँदा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरीक्षक मुकुन्द रिजालले जानकारी दिनुभयो ।

३ दिनदेखि परेको अविरल वर्षा नरोकिएको र पहिरो गएको ठाउँमा लेदोसहितको माटो बग्न नरोकिएकाले सडक संचालनमा आउन समस्या भएको उहाँले बताउनुभयो । त्यस्तै सडक संचालनको लागि काम भइरहेको समेत उहाँले बताउनुभयो ।

मुख्य सड्क नै बन्द भएपछि जिल्ला भित्रीने र बाहिरीने यात्रुलाई समस्या भएको उहाँले बताउनुभएकाे छ।