८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


सिन्धुलीमा झुक्किएर एसिड पिउँदा एक जनाकाे मृत्यु


8.463k
Shares

सिन्धुली । सिन्धुलीमा झुक्किएर एसिड पिउँदा एक जनाको मृत्यु भएको छ ।

सिन्धुलीको दुधौली नगरपालिका-१३ की ५७ वर्षीय ओमकुमारी बुढाथोकिले आफ्नै घरमा ब्याट्री सफा गर्न राखिएको एसिडलाई पानी भनेर पिउँदा गम्भीर बिरामी भएकी थिइन् । उनलाई उपचारका लागि तत्काल उदयपुरस्थित कटारी अस्पतालमा लगिएको थियो ।

कटारी अस्पतालमा उपचार सम्भव नभएपछि धुलिखेल अस्पताल रिफर गरिएको थियाे । तर धुलिखेल अस्पतालले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जानकारी दिएको छ । मृतक बुढाथोकी ब्रेन ट्युमरको बिरामी समेत रहेको परिवारिक स्रोतले बताएको छ ।

उनको ६ वर्ष अघि ब्रेन ट्युमरको अप्रेसन समेत गरिएको थियो ।