१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध, यात्रु अलपत्र


1.365k
Shares

तनहुँ । तनहुँका विभिन्न ठाउँमा पहिरो जाँदा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ ।

शुक्रबार बिहान घाँसीकुवामा सडक माथिबाट लेदोसहित पहिरो खसेपछि साेही राजमार्ग अवरुद्ध भएको हाे । त्यस्तै म्याग्देमा पनि पहिरो खसेपछि सडक अवरुद्ध भएको छ । अहिले फेरी दमौलीको मादीनदी पुल नजीक पहिरोसहितको लेदो खसेपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी युवराज खड्काले जानकारी दिनुभयाे ।

उहाँका अनुसार पहिरो पन्छाएर एकतर्फि सवारी साधन संचालनमा ल्याउने तयारी भइरहेको उहाँले बताउनुभयाे । ठूलाे पानी परेका कारण पहिरो पन्छाउन पनि समस्या भइरहेको उहाँकाे तर्क छ । सडक अवरुद्ध भएपछि लामो तथा छोटा दूरीका सवारी साधन सडकमै रोकिएका छन् ।

दशैंको समयमा टिका लगाउन आफन्तका जान हिडेका यात्रुहरु अलपत्र परेका छन् । ठूलो झरी परेकाले पहिरो पन्छाउन पनि समस्या भएको प्रहरीले जनाएको छ । ३ दिनदेखि परेको पानीका कारण पृथ्वी राजमार्गकाे ठाउँ-ठाउँमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ । ग्रामीण क्षेत्रका सडक समेत पहिरोले अवरुद्ध भएका छन् ।