८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


सिन्धुलीकाे महादेव मन्दिर संरक्षणबिहीन


1.027k
Shares

सिन्धुली । सिन्धुलीको ढुङग्रेबासमा रहेकाे महादेवस्थान मन्दिर संरक्षणको अभावमा जीर्ण भएकाे छ ।

जसका कारण भक्तजनहरुलाई पूजा आजाका गर्न समेत समस्या भएको छ । महादेवस्थान मन्दिरको हातामा रहेको पूजारी बस्ने पाटी पनि अत्यन्त जीर्ण रहेको छ । वर्षायाममा पानी चुहिने भएका कारण पूजारी बस्ने पाटीमा बास बस्न नहुने भएको छ ।

साेही मन्दिरकाे मर्मत तथा सम्भारका लागि हालसम्म कुनै पनि सरकारी तथा गैरसरकारी निकायले समेत चासो देखाएका छैनन् । जसले महादेवस्थान वर्षायाम भत्कने सम्भावना समेत बढेर गएको छ ।

सोही महादेवस्थानमा पवित्र र शुद्व मनले भाकल र पूजा अर्चना गरे पूरा हुने जनविश्वासले गर्दा याे मन्दिरमा दर्शन गर्ने भक्तजनहरुको घुइँचो लाग्ने गर्दछ। प्रशिद्व धार्मिक तीर्थस्थल महादेवस्थान ऐतिहासिक सिन्धुलीगढीसँग समेत सम्बन्धित मन्दिर मानिन्छ ।

स्थानीय बासीन्दा उद्धव सापकोटाका अनुसार याे मन्दिर तथा पाटी पौवाहरुको जीर्णोद्वार गर्न कुनै स्थायी आयश्रोत नभएकाले सबै भौतिक पूर्वाधारहरु मर्मत सम्भार गर्न गाह्रो परेको छ । मन्दिर हाताभित्र व्यवस्थित धर्मशाला र विवाह मण्डपको अभाव देखिएपनि निमार्ण हुन सकेका छैनन् ।

महादेवस्थान मन्दिरको हातालाई फराकिलो पार्न तथा मन्दिर आसपासमा अन्य देवीहरुको मठ–मन्दिरहरु निर्माण गर्ने काम समेत अझै हुन सकेका छैन् । मन्दिर परिसरमा बगैंचा निर्माण गर्नुपर्ने गौमती खोलाको कटानबाट मन्दिरलाई संरक्षण गर्न तटबन्धको निर्माण गर्नुपर्ने खाँचो रहेकाे छ ।