१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


निर्वाचनकाे कार्यतालिका फेर्न आयोगलाई राजनीतिक दलको आग्रह

कार्यतालिका हेरफेर नहुने आयोगकाे जवाफ

1.092k
Shares

काठमाडौं । निर्वाचन आयोगमा मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको प्रत्यक्षतर्फको मनोनयन दर्ताको कार्यतालिका फेरबदल गर्न दवाव पर्न थालेको छ ।

लगातार परिरहेको वर्षाका कारण कार्य क्षेत्रमा जान ढिलाई भएको भन्दै केही राजनीतिक दलले निर्वाचनको कार्यतालिका परिमार्जन गर्न आग्रह गरेका हुन् । तर निर्वाचन आयोगले भने निर्वाचन कार्यतालिकामा हेरफेर नहुने जनाएको छ । तर निर्वाचन प्रमुख आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनको पूर्वनिर्धारित कार्यतालिका अनुसार नै आयोग निर्वाचनको तयारीमा जुटिरहेको र निर्वाचनको सूचना राजपत्रमा प्रकाशन भइसकेको भन्दै कार्यतालिका हेरफेर नहुने बताउनुभयो ।

आयोगअनुसार अहिले देशव्यापी निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने काम भइरहेको छ । घर पायक नपर्ने मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरु घरमा दशैं समेत नमानेर कार्यालय स्थापनामा जुटिसकेका छन् । असोज २२ गते आयोगले समानुपातिकतर्फको बन्द सूचीको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको छ । त्यस्तै आइतबार कार्यालय समयमा मनोनयन दर्ताको कार्यक्रम रहेकाे छ ।

सोही दिन आयोगले बेलुकी प्रारम्भिक नामावली प्रकाशित गर्ने कार्यतालिका रहेकाे छ ।