१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सभामुख सापकोटा र चिनियाँ राजदूत यान्छीबीच भेटवार्ता


104
Shares

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटासँग नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले बिदाई भेट गर्नुभएको छ ।

सभामुख सापकोटाको सरकारी निवास लैनचौरमा आज शनिबार राजदूत यान्छीले बिदाई भेट गर्नुभएको हो । भेटमा सभामुख सापकोटाले राजदूत होउको कार्यकालमा चीनबाट महत्वपूर्ण भ्रमण भएको स्मरण गर्दै सफल रुपमा कार्यकाल सम्पन्न गरेकाेमा बधाई दिनुभयो ।

सभामुख सापकोटाले राजदूत होउलाई नयाँ जिम्मेवारीकाे सफलताको शुभकामना व्यक्त गर्नुभएको सभामुखको सचिवालयले जनाएको छ । बिदाई भेटमा राजदूत यान्छीले आफ्नो कार्यकालमा संघीय संसदबाट भएको सहयोगका लागि आभार समेत व्यक्त गर्नुभएको छ ।