१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कपिलवस्तुमा दशैंमा चोरीका घटना बढ्दै, ७ लाख बढी चोरी


117
Shares

कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका-५ चन्द्रौटा बजार आसपासमा चोरीका घटना बढ्न थालेका छन् ।

चोरहरूले घरकाे ढोका फुठाएर नगद तथा जिन्सी सामानहरू लगेका हुन् । दशैंको अवसरमा घरमा कोही नभएको मौका छोपी चन्द्रौटा सशस्त्र चेकपोस्ट नजिकै सिता भारतीको घरमा चोरी भएको हाे । उहाँकाे घरबाट नगद १ लाख ५५ हजार र ५ तोला भन्दा बढी गरगहना चोरी भएको छ ।

शनिबार घर आउँदा घरकाे ढोका फुटाएर दराजमा रहेका नगद तथा सामानहरू चोरी भएको भारतीले बताउनुभयो । भारतीका अनुसार नगद र सामान गरी ७ लाख भन्दा बढीको चोरी भएको छ । छतमा रहेको आलमोनियमको ढोका फुटाएर चोर घरभित्र पसेको उहाँले बताउनुभयाे ।

चोरीको घटनाकाे विषयमा प्रहरीले अनुसन्धान सुरू गरेको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ । चोरी गर्ने व्यक्तिको खोजी कार्य भइरहेको छ । सबै जनालाई आफ्नो सामान तथा नगद सुरक्षित राख्न साेत प्रहरीले आग्रह गरेको छ ।