२७ फाल्गुन २०८१, मंगलबार | Wed Mar 12 2025


लगातारको वर्षाले धनजनको व्यापक क्षति, पाकेको धानबाली नष्ट हुँदा कृषक मर्कामा


52
Shares

काठमाडौं । यसपटकको दशैं लगातारको वर्षापछि आएको बाढी-पहिरो र सवारी दुर्घटनाका कारण अधिकांशका लागि अभिषाप भएकाे छ ।

मध्य दशैंमा परेको बेमौसमी वर्षाले टीका लाउन जानेहरु प्रभावित भएका छन् । साथै अधिकांशको अनाहकमा मृत्यु समेत भएकाे छ । वर्षाकाकारण बालीनालीमा ठूलो असर परेको छ । वर्षाले तरकारी खेती लगायत पाक्न लागेको धानलाई समेत असर गरेको छ ।

दशैंको दोस्रो दिन बाराको अमलेखगन्जमा बस दुर्घटना हुँदा १७ जनाको मृत्यु गयो । अमलेखगन्जस्थित ३ नम्बर पुल नजिकै दशैंकाे दोस्रो दिन भएको दुर्घटनामा अधिकांश टीका ग्रहण गर्न हिंडेका यात्रु परे । त्यस्तै, शनिबार जुम्लाको कनका सुन्दरी गाउँपालिका–५ वारेकोट डाँडामा पहिरोले घर भत्किंदा पुरिएर एकै परिवारका ५ जनासहित ७ जनाको मृत्यु भयो । प्युठानको माण्डवी गाउँपालिकामा शुक्रबार दिउँसो झरेको पहिरोले घर भत्काउँदा चार जनाको मृत्यु भएको छ ।

दाङको बंगलाचुली गाउँपालिकामा पहिरोले पुर्दा एक महिला र खोलामा आएको बाढीले बगाउँदा एक पुरुषको मृत्यु भएको छ । शुक्रबार बेलुका स्थानीय खोलामा बाढी हेर्न गएकी उनलाई माथिबाट झरेको पहिरोले पुरेपछि मृत्यु भएको हो । त्यस्तै वबिहिबार अविरल वर्षापछि आएको बाढीले दाङमा दुई, अर्घाखाँची एक र गुल्मीमा एक जना पहिरोमा पुरिएर मृत्यु भएको छ ।

स्थानीय इन्द्रावती खोलाले बगाएर बेपत्ता भएका पाँचथर भएर इन्द्रावती खोलाले याङवरक गाँउपालिका २ फलैचा निवासी २२ वर्षीय बिमलकुुमार सेलिङको मृत्यु भएको छ । शुक्रबार बिहान साढे एक बजे काठमाडौंको चन्द्रागिरिस्थित ध्यानकेन्द्रमा पहिरोले पुरिँदा एकै परिवारका ३ जनाको मृत्यु भएको छ । मृतकमा पति, पत्नी र छोरी छन् । पहिरोले उनीहरू बसेको कच्ची घर बगाएको प्रहरीको भनाइ छ ।

शुक्रबार नुवाकोटमा ककनीमा टीका लगाई घर फर्कने क्रममा अविरल वर्षाका कारण सडकमा आएको बाढीमा पर्दा दुई बालबबालिकाको मृत्यु भएको छ । मामाघरबाट बुवा आमासंग टिका लगाएर फर्कने क्रममा मोटरसाईकल अनियन्त्रित भएर दुर्घटना भएको थियो । त्यस्तै, झापाको बिर्तामोडमा शुक्रबार साँझ परेको चट्याङ लागेर बिर्तामोड ३ सैनिकमोडमा एक बालिकाको मृत्यु भएको छ । दशै अवधिभर देश भर भएका भएका ५ सय ५६ वटा सवारी दुर्घटनामा ५४ जनाको मृत्यु भएको छ।
लगातारको वर्षा नरोकीएपछि दाङको देउखुरीमा ४ हजार बढी घर डुवानमा परेका छन् जस मध्ये २ सय घर भत्किंएका छन् । त्यस्तै, वर्षासँगै राप्ती नदीमा आएको बाढीले बाँके डुडुवा गाउँपालिका–१ को चौफेरी गाउँका ७५ घर परिवार डुबानमा परे । मुख्यगरी वर्षाले मुलुकको पश्चिमी भू–भाग नराम्ररी प्रभावित बनेको छ । काठमाडौं उपत्यका भएर बहने नदी बागमती, विष्णुमती, बल्खु, मनोहरा र यसका सहायक नदीको जलसतह उल्लेख्य बढ्यो ।

यस्तै बर्दियाको बबई नदीमा आएको बाढीले हुलाकी सडकअन्तर्गत गुलरिया-नेपालगन्ज सडक खण्ड डुबानमा पर्यो । जलस्तर बढ्दै गएपछि सदरमुकाम गुलरियाका आसपास क्षेत्रका ५० बढी घर सुरक्षित स्थानमा सरेका छन् । नवलपरासीको गैडाकोटकाक ७० घर डुबानमा परे । निरन्तरको वर्षाले कैलालीको धनगढी जलमग्न बन्यो छ । मनाङ र म्याग्दीमा वर्षासँगै हिमपात भएको छ ।

त्यस्तै, अविरल वर्षाका कारण दशैंमा टिका थाप्न हिंडेकाहरुलाई बाटोहरु अवरुद्ध हुँदा सास्ती भोग्नु पर्यो । देशमा प्राय राजमार्गमा पहिरो खस्दा यात्रुलाई घण्टौं जाममा फस्नु पर्यो । निरन्तर भएको वर्षाकाकारण बालीनालीमा ठूलो असर परेको छ । वर्षाले तरकारी खेती लगायत पाक्न लागेको धानलाई समेत असर गरेको छ ।