
सिन्धुली । सत्ता गठबन्धन दलहरूमध्धे नेकपा (माओवादी केन्द्र) ले सिन्धुलीका तीन जना उम्मेद्वारहरूको टुंगो लगाएको छ ।
दुई प्रतिनिधि सभा क्षेत्र र चार प्रदेश सभा क्षेत्र रहेको सिन्धुलीमा गठबन्धनबाट एक प्रतिनिधि सभा र दुई प्रदेश सभाको भाग पाएको माओवादीले सिन्धुलीको प्रतिनिधि सभा क्षेत्र २ मा लेखनाथ दाहाल र प्रतिनिधि सभा क्षेत्र नं १ को १ प्रदेश सभा क्षेत्रमा मातृका भट्टराई तथा प्रतिनिधि सभा क्षेत्र नं २ को २ प्रदेश सभामा गंगानारायण श्रेष्ठलाई उम्मेद्वार बनाएको छ ।
सत्ता गठबन्धन मध्येबाट मुख्य दल नेपाली कांग्रेसले आफ्नो भागमा पाएको एक प्रतिनिधि सभा क्षेत्र र दुई प्रदेश सभा क्षेत्रमा अहिले सम्म उम्मेद्वारहको टुंगो लगाउन सकेको छैन ।
प्रतिक्रिया दिनुहोस्