
ओखलढुंगा । आगामी मंसिर ४ गतेको निर्वाचनका लागि ओखलढुंगाका राजनीतिक दलहरूले निर्वाचन आचारसंहिता पूर्णरूपमा पालना गर्ने प्रतिवद्धता जनाएका छन् ।
ओखलढुंगाको मुख्य निर्वाचन अधिकृतको कार्यालयले आयोजना गरेको सर्वदलीय छलफल कार्यक्रममा आचारसंहिता पालना गर्न जिल्लास्थित राजनीतिक दलहरू सहमत भएका हुन् ।
निर्वाचन स्वच्छ, निष्पक्ष, भयरहित र विश्वसनीय बनाउन मुख्य निर्वाचन अधिकृतको कार्यालयले छलफल आयोजना गरेको हो ।
छलफल कार्यक्रममा निर्वाचन आयोगले तय गरेको तालिका अनुसारको तयारी भइरहेको मुख्य निर्वाचन अधिकृत टीकाराम आचार्यले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्