
स्याङ्जा । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ प्रतिनिधिसभा निर्वाचनका लागि स्याङ्जा क्षेत्र नं २ बाट मनोनयन दर्ता गर्नुभएको छ ।
स्याङ्जाको वालिङ नगरपालिकामा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर आइतबार दिउँसो उम्मेदवारी दर्ता गराएको हो ।
उम्मेदवारी दर्तापछि पत्रकारसँग कुरा गर्दै उहाँले स्याङ्जाको विकासका आयोजना पूरा गर्न र नयाँ आयोजना सुरु गर्न उम्मेदवारी दिएको बताउनुभयो ।
उहाँले मुलुकमा मौलाएको भ्रष्टाचार अन्तय गर्नका लागि जनताले आफूलाई साथ दिने विश्वास व्यक्त गर्नुभयो । प्रदेशतर्फ भोजराज अर्याल र महेश भट्टराई उम्मेदवारी दिनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्