१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कांग्रेसको तर्फबाट प्रधानमन्त्री बन्ने शशांक कोइरालाकाे दाबी


975
Shares

नवलपुर । चुनाव जितेपछि आफू राष्ट्रको सेवा गर्न कांग्रेसको तर्फबाट प्रधानमन्त्रीको उम्मेदवारको रुपमा अगाडि बढ्ने नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं नवलपुर–१ का नेपाली कांग्रेसका उम्मेदवार डा. शशांक कोइरालाले बताउनुभएको छ ।

निर्वाचन अधिकृतको कार्यालय कावासोतीमा मनोनय दर्ता गरेपछि पत्रकारसँग कुरा गर्दै कोइरालाले आफू यस पटकको निर्वाचनमा विजय भएपश्चात प्रधानमन्त्री बन्ने बताएका बताउनुभयो ।

तीन पटकसम्म चुनाव जितिसक्नु भएका डा‍‍. कोइरालेले यस क्षेत्रका जनताले आफुलाई विश्वास गरेका र चुनाव जितेपछि कांग्रेसको तर्फबाट प्रधानमन्त्रीको उम्मेदवारको रुपमा अगाडी बढ्ने दाबी गर्नुभयो ।

चौँथो पटक चुनावी मैदानमा होमिएका डा. कोइरालाले समृद्ध नवलपुर निर्माणको बाँकी काम सम्पन्न गर्नका लागि आफू पुनः चुनावमा होमिएको बताउनुभयो ।