२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


झापा-३ बाट राजेन्द्र लिङ्देनको उम्मेदवारी दर्ता


195
Shares

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनपछि राप्रपा बलियो शक्तिको रुपमा संसदमा उपस्थिति हुने दाबी गर्नुभएको छ ।

जिल्ला समन्वय समितिको कार्यालय भद्रपुरमा स्थापना गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आइतबार झापा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवारी दर्ता गरेपछि सञ्चारकर्मीहरूसँग गरेको संक्षिप्त कुराकानीमा राप्रपा अध्यक्ष लिङदेन यस्तो बताउनुभएको हो ।

राष्ट्रिय राजनीतिमा मौलाएको भ्रष्टाचार, कुशासनको अन्त्य गर्दै देशमा सुशासन कायम गर्नका लागि संसदमा राप्रपाको बलियो उपस्थिति आवश्यक छ ।

अहिलेको निर्वाचनमा चुनावी तालमेल सामान्य जस्तो बन्दै गएको बताउँदै उहाँले राप्रपाले पनि एमालेसँग चुनावी तालमेल गरेर अघि बढेको उल्लेख गर्नुभयो ।