१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


२६०५औं ‘सकास्य दिवस’ मनाइयो


182
Shares

काठमाडौं । विश्वभरका बौद्ध धर्मावलम्बीहरुले २६०५ औं ‘सकास्’ एवं ‘अभिधम्म दिवस’ मनाएका छन् ।

विश्वभरी नै चैत्य तथा विहार, महाविहार र गुम्बाहरूमा अभिधम्म सुत्र पाठ गरी यो दिवस मनाइन्छ ।

यसै अवसरमा बुद्ध जन्मस्थल लुम्बिनी मायादेवी मन्दिरमा बिहानैदेखि विभिन्न बौद्ध पाठ गरियो । काठमाडौंको स्वयम्भू महाचैत्य, चारुमति विहार, खास्ति, सिःघ विहार लगायत ललितपुर र भक्तपुरका विभिन्न विहार र बहीहरुमा समेत बौद्ध पाठ सम्पन्न गरियो ।

तथागत भगवान गौतम बुद्धले आमा मायादेवीको गुण स्मरण गरी तावंतिस देवलोकमा गई तीन महिनासम्म आमा र हजारौं देव ब्रह्महरुलाई अभिधम्म ज्ञान दिनुभएको स्मरणमा यो दिवस मनाइन्छ ।

आजै थेरवाद बौद्ध परम्परा अनुसार भिक्षुहरुको वर्षावास सम्पन्न गरी विहारहरुमा कथिनउत्सव सुरु गरिएको छ ।