८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


सिन्धुलीमा एमाले र गठबन्धनबाट उम्मेदवारी दर्ता

संचारकर्मीको आँखा छलेर अदालत खुल्नु अघि पुर्‍याईयो

208
Shares


सिन्धुली । दुई प्रतिनिधिसभा क्षेत्र र चार प्रदेशसभा क्षेत्र रहेको सिन्धुली जिल्लामा मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि नेकपा एमाले र गठबन्धनकाे तर्फबाट आज उम्मेदवारी दर्ता गरिएको छ ।

एमालेलेको तर्फबाट प्रतिनिधिसभा क्षेत्र नं १ मा प्रदीपकुमार कटुवाल र प्रतिनिधिसभा क्षेत्र नं २ मा मनोज जंग थापाले उम्मेदवारी दर्ता गराउनु भएकाे छ ।

यसैगरी क्षेत्र नं १ को प्रदेशसभा १ मा एमालेको तर्फबाट सुवास देवकोटा र २ मा कुमार बहादुर कार्कीले उम्मेदवारी दर्ता गराउनु भएकाे हाे ।

त्यसैगरी क्षेत्र नं २ को १ नं प्रदेशसभा निर्वाचन क्षेत्रमा एमालेको तर्फबाट विनोदकुमार खडका र २ नं प्रदेशसभा क्षेत्रमा रामकुमार पौडेलले उम्मेद्वारी दर्ता गराउनु भएकाे हाे ।

सता गगठबन्धन दलहरु मध्ये नेपाली काँग्रेसले प्रतिनिधि सभा क्षेत्र नं १ मा श्यामकुमार घिमिरेले उम्मेदवारी दर्ता गराउनु भएकाे छ भने प्रतिनिधि सभा क्षेत्र नं १ को २ प्रदेश सभा क्षेत्रमा रामकुमार पहाडीले उम्मेदवारी दर्ता गराउनु भएकाे हाे

त्यसैगरी काँग्रेसको तर्फबाट प्रतिनिधिसभा क्षेत्र नं २ को १ प्रदेशसभा क्षेत्रमा क्षेत्रबहादुर बम्जनले उम्मेदवारी दर्ता गराउनु भएकाे छ ।

सता गठबन्धनकै दलकै तर्फबाट एकीकृत नेकपा माओवादीले प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा लेखनाथ दाहालले उम्मेदवारी दर्ता गराउनु भएकाे छ । प्रतिनिधिसभा क्षेत्र नं १ को १ प्रदेशसभा क्षेत्रमा मातृका भट्टराई र प्रतिनिधिसभा क्षेत्र नं २ को २ प्रदेशसभामा गंगानारायण श्रेष्ठले उम्मेदवारी दर्ता गराउनु भएकाे हाे ।