
काठमाडौं । कर्णाली नदीमा जलसतहले खतराको तह पार गर्ने बाढी आएपछि जनजीवन अस्तब्यस्त भएकाे छ ।
जल तथा मौसम विज्ञान विभागले अझै पानीको सतह बढ्ने भन्दै नदी आसपासका क्षेत्रमा शतर्कता अपनाउन आग्रह समेत गरेको हाे । अहिले कर्णालीमा पानीको सतह १२ दशमलव २३ मिटर भन्दा माथि पुगेको छ । कर्णालीमा १० मिटरमाथि पानीको सतह पुग्नुलाई शतर्क अवस्था र १० दशमलव ८ मिटरलाई खतराको तह मान्ने गरिएको छ ।
कर्णाली नदीमा पानीको सतहले यी दुवै तह पार गरेकाले जोखिम उच्च भएकाे विभागले जनाएको छ । साेही क्षेत्रमा थप वर्षा हुनसक्ने अनुमान भएकाले कर्णालीकाे तटीय क्षेत्रमा रहेका स्थानीयबासीलाई अग्लो ठाउँमा बस्न बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
लगातारको वर्षाले बर्दियाको राजापुरकाे तटीय क्षेत्रमा पनि बाढी पस्न थालेको छ ।
प्रतिक्रिया दिनुहोस्